skip this News Page Tips Ad Road Block

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ महाधिवेशन जेठ १७ र १८ गते काठमाडौंमा हुने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जेठ १७ र १८ गते काठमाडौंको राष्ट्रिय सभागृहमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ महाधिवेशन हुने भएको छ । महासंघले पत्रकार सम्मेलन गरी महाधिवेशनबारे जानकारी दिएको हो । महाधिवेशनको प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टि (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

२०६२ मा स्थापना भएको राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल विस्तार भएर चौथो महाधिवेशन २०७८ बाट महासंघमा रुपान्तरित भएको थियो । हाल यस महासंघमा स्वास्थ्य क्षेत्रका विभिन्न विधाका ८ वटा विषयगत घटकहरु आवद्ध रहेको महासंघले जनाएको छ । यसमा स्वास्थ्यसम्बन्धी सामान्य तालिम प्राप्तदेखि विशेषज्ञ स्वास्थ्यकर्मीहरु आवद्ध भएका छन् ।

महासंघले स्थापना कालदेखि हालसम्म सरकारी, गैरसरकारी, नीजि र शिक्षण संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुका हक हितमा काम गर्दै आएको महासंघका अध्यक्ष डा. झलक गौतमले बताएका छन् । स्वास्थ्यकर्मीहरुको पारिश्रमिक, भत्ता, सेवा, सुविधा, न्याय, सम्मान र मर्यादका लागि महासंघ निरन्तर सङ्घर्षरत रहेको गौतमले बताएका छन् । स्वास्थ्य सेवा सुधार, स्वास्थ्य जनशक्ति उत्पादन, स्वास्थ्य सम्बन्धी कानून, नीतिगत सुधार, पूर्वधार तथा सामाजिक कार्यहरुमा समेत महासंघले माग र पैरवी गर्दै आएको उनले बताए ।

महासंघका ८ वटा प्रदेश, ७१ वटा जिल्ला, ५ वटा विशेष जिल्ला, ८ वटा घटकका केन्द्र, २८७ वटा स्थानीय कमिटि र अन्य कमिटि गरि ४०० भन्दा बढी कमिटिहरु गठन भइसकेको कायृक्रममा जानकारी दिइयो । हजारौं स्वास्थ्यकर्मीहरु सदस्य भएको यो नेपालको स्वास्थ्य क्षेत्रमा सबैभन्दा चलायमान र देशव्यापी व्यवस्थित सङ्गठित संजाल भएको ठूलो संगठन भएको दाबी गरिएको छ ।

पाचौँ राष्ट्रिय महाधिवेशनमा देशभरिबाट विधान बमोजिम् ५०० भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने महासंघले बताएको छ । खुल्ला र बन्द सत्र गरी २ दिनसम्म चल्ने महाधिवेशनले विधान समेत संशोधन गर्दै ९ सदस्यीय पदाधिकारीसहित ९९ जना सम्मको केन्द्रिय समिति निर्वाचित गर्नेछ। महाधिवेशन सम्पन्न गर्न विभिन्न उप समितिहरु गठन गरि तयारीका कामहरु भइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

Health Tips Ad Road Block