ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नेपाली व्यवसायी प्रतिनिधिमण्डलको ब्राजिल भ्रमण, व्यापारिक सहकार्यका सम्भावनामाथि छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल ब्राजिल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष अखिल चापागाईंको नेतृत्वमा रहेको नेपाली व्यवसायी प्रतिनिधिमण्डलले ब्राजिलको भ्रमण गरेको छ । प्रतिनिधिमण्डलले ब्राजिलको कन्फरेन्स अफ नेशनल इन्डष्ट्रि (सिएनआई)का अधिकारीहरूसँग भेटगरी आपसी चासो र व्यापारिक अवसरहरूबारे छलफल गरेका छन् । उक्त अवसरमा चापागाईंले नेपालमा व्यापार र लगानीको अनुकूल वातावरण रहेको जानकारी गराउँदै नेपाली व्यवसायी ब्राजिलका लगानीकर्तालाई नेपालमा स्वागत गर्न तयार रहेको बताए ।

ब्राजिलस्थित नेपाली राजदूत निर्मलराज काफ्लेले नेपाल सरकारले व्यवसायका लागि प्रदान गर्ने प्रोत्साहन र नीतिगत सुविधाहरूबारे जानकारी गराएका थिए ।

सीएनआई अध्यक्ष फ्रेडरिको लामेगोले नेपाली प्रतिनिधिमण्डललाई स्वागत गर्दै ब्राजिल र नेपालको व्यापारिक समुदायबीच सहकार्य र सम्पर्क विस्तारका लागि सघाउने प्रतिवद्धता जनाए । दुवै पक्षले भविष्यमा निरन्तर सम्पर्कमा रहने र सम्भावित सहकार्यका क्षेत्रहरू पहिचान गर्दै जान सहमति जनाए ।

यसैक्रममा, नेपाली प्रतिनिधिमण्डलले ब्राजिलको कन्फडरेसन अफ कमर्सियल एण्ड बिजनेस एसोसिएसन(सीएसीबी)को भ्रमण पनि गरेको छ । सीएसीबीका सुपरिन्टेन्डेन्ट कार्लोस रेजेन्डेर, संस्थागत सल्लाहकार मोनिका मोन्टेइरोले प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए । ब्राजिलको परराष्ट्र मन्त्रालयका मिनिष्टर काउन्सिलर अल्मिर नसिमेन्तोको पनि उक्त भेटमा उपस्थित रहेको थियो ।

Health Tips Ad Road Block