काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।
मूल्य स्थिर रहँदै सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १९४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






















