सिन्धुली । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा बागमती प्रदेशको सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको उद्घाटन सँगै सिन्धुलीबासीले अत्याधुनिक, सरल र सहज बैंकिङ्ग सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।
कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेल र बैंक संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्तरुपमा उद्घाटित सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्जवल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदी,, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उपस्थितिमा शाखा विस्तार गएिको हो ।
सो उद्घाटन समारोहमा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले बैंकको उपस्थितिसँगै बैंकको गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गरे । बैंक सञ्चालक समितिका अध्यक्ष डा. वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आएसँगै यहाँका बासिन्दाहरुलाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे ।






















