Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

पूर्वाधार विकासमा निजी क्षेत्रको सहकार्य जरुरीः मन्त्री दाहाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको पूर्वाधार विकासमा निजी क्षेत्रको पनि सहकार्य जरुरी रहेको बताएका छन् । सिमेन्ट उत्पादक संघले ललितपुरमा आयोजना गरेको क्रंक्रिट सडक ढलानसम्बन्धीको कार्यक्रममा निजी क्षेत्रसँग साझेदारी गरि पूर्वाधार विकास गर्न सरकारले पनि अध्ययन गरि रहेको बताए ।

विश्वका कतिपय मुलुकमा निजी क्षेत्रले पूर्वाधारमा लगानी गर्ने र त्यसबाट निश्चित लाभांश समेत लिने अभ्यास रहेको उल्लेख गर्दै यस्ता सम्भाव्य क्षेत्रको पहिचान आवश्यक रहेको समेत उनले उल्लेख गरे । नेपालको भौगोलिक विशिष्टता, सिमेन्ट उत्पादनमा गरेको प्रगती र टिकाउपनाका कारण कंक्रिट सडक निर्माणलाई अध्ययन गरि प्रवद्र्धन गर्न सकिने पनि उनले बताए ।

नेपाल अहिले निर्माणको चरणमा रहेको उल्लेख गर्दै मन्त्री दाहालले शुरु भएका आयोजनाहरुलाई निर्धारित समयमा नै पूरा गर्न र अब शुरु गरिने आयोजनाहलाई समेत तोकिएकै समयमा पूरा गराउने वातावरण बनाउन आश्यक रहेको बताए ।

कार्यक्रममा विज्ञहरुले सिमेन्ट ढलान गरिएका सडक प्रारम्भिक रुपमा खर्चिलो भए पनि टिकाउपनाका कारण दिर्घकालिन रुपमा किफायती हुने बताएका थिए ।

Health Tips Ad Road Block