Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

खाका प्रस्तुत गर्दै समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न अध्यक्ष प्रचण्डले गरे आग्रह

Citizenlife ad 2082 falgun to baishak 2083

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर समाजवादी अर्थतन्त्र निर्माणको खाका प्रस्तुत गर्दै त्यसमा जुट्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनजागरण अभियान अन्तर्गत दैलेख जिल्ला समन्वय समिति दैलेखको पूर्ण बैठकमा सहभागी हुँदै प्रचण्डले यस्तो आग्रह गरेका हुन् । उनले भने “हामीले गहिरो अध्ययन र अनुसन्धानमार्फत समाजवादी अर्थतन्त्रको ढाँचा निर्माण गर्न थालिसकेका छौं। विज्ञ टोलीले त्यसमा कार्य गरिरहेको छ।”

अध्यक्ष प्रचण्डले विभिन्न पार्टीहरूसँग पार्टी एकता प्रक्रिया सकारात्मक दिशातर्फ उन्मुख रहेको बताउँदै विचार र राजनीतिक आधारमा टेकेर मात्र एकता गर्दा दीगो एकता सम्भव हुने धारणा व्यक्त राखेका छन् । “पार्टीको यथास्थितिमा परिवर्तन ल्याउने भनेको संगठन रूपान्तरण गर्नु हो,” उनले स्पष्ट पारेका छन् ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र सबैका मतप्रति सम्मानसहित पार्टी भित्र एकमत कायम गर्दै एकताका लागि आफूहरू लगातार प्रयत्नशील रहेको र पार्टीले समग्र रूपमा देशको नेतृत्व गर्न सक्षम संगठन निर्माणमा ध्यान केन्द्रित गरिरहेको बताएका छन् ।

Health Tips Ad Road Block