ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

युद्धविरामको सहमतिसँगै आज भारत र पाकिस्तानबीच द्धिपक्षीय वार्ता हुँदै

काठमाडौं । भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएसँगै आज द्धिपक्षीय वार्ता हुँदैछ ।

एक अर्काविरुद्ध आक्रमण रोक्ने सहमति गरेको दुई दिनपछि आज दिउँसो १२ बजे  दुई पक्षीय वार्ता हुने समझदारी बनेको छ ।

दुई देशबीच शनिबार साँझ ५ बजेदेखि युद्धविरामको सहमति भएको थियो । दुवै देशले जमिन, आकाश र समुद्रबाट एक अर्कामाथि आक्रमण नगर्ने सहमति गरेका थिए ।

अप्रिल २२ मा भारतीय प्रशासित कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणबाट दुई देशबीच द्धन्द निम्तिएको थियो, आक्रमणमा २६ जना हिन्दू पर्यटकहरु मारिएका थिए । भारतले यस आक्रमणको दोष पाकिस्तान समर्थित आतङ्ककारी समूहहरूलाई दिएको छ, यद्यपि पाकिस्तानले यो आरोप अस्वीकार गर्दै आएको छ ।

Health Tips Ad Road Block