काठमाडौं । काठमाडौं उपत्यकाका चक्रपथ बाहिरका सर्वसाधारणलाई पनि मेलम्चीको पानी वितरण गरिने भएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं उपत्यकाको चक्रपथबाहिर पनि मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न सुरु गरेको हो ।
नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा काठमाडौंको बुढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, चन्द्रागिरि र भक्तपुरको सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको निर्देशनलयले जनाएको छ ।
कतिपय स्थानमा तत्काल पाईप बिछ्याउने काम अगाडि बढाइने भएको छ ।





















