काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।
बजारमा सुन प्रतितोला १ लाख ९० हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी प्रतितोला १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






















