ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

निजी क्षेत्रको प्रतिनिधिमुलक पहिलो संस्था चेम्बरले यो वर्ष हीरक जयन्ती मनाउँदै

बैशाख । मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको अवसरमा नेपाल चेम्बर अफ कमर्सले वार्षिक रुपमा विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउने भएको छ ।

हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्नका लागि चेम्बरले सल्लाहकार परिषद्का अध्यक्ष एवं पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा हीरक जयन्ती मुल समारोह समिति गठन गर्ने निर्णय गरेको छ ।

साढे ७ दशकदेखि क्रियाशिल निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो सस्ंथा नेपाल चेम्बर अफ कमर्सले मुलुकको समग्र आर्थिक समृद्धि एवं निजी क्षेत्रको व्यावसायिक क्षमता अभिवृद्धिका लागि गरेका बिभिन्न गतिबिधिहरुलाई हीरक जयन्तीको अवसरमा उजागर गरिनेछ ।

Health Tips Ad Road Block