skip this News Page Tips Ad Road Block

जनकपुरमा सम्पन्न फिनएक्स सहकारी सफ्टवेयरसम्बन्धी प्रशिक्षण

Citizenlife ad 2082 falgun to baishak 2083

जनकपुर । सहकारी क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले फिनएक्स को–अपरेटिभ सफ्टवेयर निर्माता संस्था जिनव इन्क प्रालिद्वारा हालै जनकपुरधाममा एक दिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा मधेस प्रदेशका एक सयभन्दा बढी सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा सहकारी ऐनअनुसार विकास गरिएको ‘फिनएक्स को–अपरेटिभ सफ्टवेयर’ सम्बन्धी जानकारी, प्रयोग विधि तथा यसको विशेषताबारे विस्तृत छलफल भएको थियो ।

Health Tips Ad Road Block