skip this News Page Tips Ad Road Block

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको छ । एनएमबि बैंकको गट्ठाघर शाखाबाट शुरु भई शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मीमन्दिर सम्म पुगि शनिबार बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न भएको हो । समृद्ध नेपालको सम्भावनासहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले समारोहको आयोजना गरिएको बैंकले जनाएको छ ।

एनएमबि बैंक लिमिटेडले नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकका कर्मचारी, मध्यपुर थिमि नगरपालिकाका कर्मचारी, नेपाल हेरिटेज सोसाईटीका सदस्यहरु तथा सर्वसाधारणहरु गरी लगभग ७०० जनाको सहभागितामा सो कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रमको मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सम्पदा तथा वातावरण संरक्षणको लागि नेपाल हेरिटेज सोसाईटीलाइ रु ५,००,००० को सहयोगका साथैे मध्यपुर थिमि नगरपालिकाकालाई डस्टविनहरु समेत हस्तान्तरण गरिएको थियो ।

सोही प्रकारको कार्यक्रम सातै प्रदेशमा समेत गरीएको छ । बैंकले कोशी प्रदेशमा पूर्व बस स्ट्यान्डदेखि पाउ पाथिभरा मन्दिर झापासम्म, मधेश प्रदेशमा वीरगंज शाखादेखि सन्कराचार्य गेटसम्म, चितवनमा लायन्स चोकदेखि हरिहर मन्दिर सम्म, गण्डकी प्रदेशमा लेकसाइड शाखादेखि राममन्दिर बिरौटासम्म, लुम्बिनी प्रदे्रशमा भल्वारी शाखादेखि मोक्षधाम सेवाआश्रम सम्म, कर्णाली प्रदे्रशमा विरेन्द्रनगर शाखादेखि काक्रेबिहार मन्दिरसम्म र सुदूर पश्चिम प्रदेशमा ग्रीन गोदावरी रिसोर्टदेखि गोदावरी शिवमन्दिरसम्म हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको हो ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Health Tips Ad Road Block