Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विकासलाई उत्पादनसँग जोडौंः मन्त्री दाहाल

Citizenlife ad 2082 falgun to baishak 2083

झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विकासलाई उत्पादनसँग जोड्न जरुरी रहेको बताएका छन् । झापाको मेचीनगर क्षेत्रमा सडकहरुको बिहीबार निरीक्षणका क्रमका उनले विकास निर्माणमा गरिएको प्रत्येक लगानीले उत्पादन र उत्पादकत्वलाई वृद्धी गर्न सक्नु पर्ने बताएका हुन् ।

‘राज्यले वर्षेनी विकासका लागि अर्वौको लगानी गर्ने गरेको छ’ मन्त्री दाहालले भने, ‘तर त्यो गरिएको लगानी अनुसारको प्रतिफल प्राप्त भई रहेको छ कि छैन भनेर विश्लेषण गर्न पनि जरुरी छ ।’ सडक सञ्जालको पहुँचले यातायातको सुविधा मात्र पुग्ने नभई ग्रामिण उपजहरु सहजै बजार सम्म पुग्ने र स्थानीयबासिन्दाको जीवन स्तरमा पनि सुधार हुने उनले विश्वास व्यक्त गरे ।

सरकारले ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउने, अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने, उत्पादनलाई बजार सम्म ल्याउन सघाउ पुर्याउने तथा ठूलो जनसंख्यालाई लाभ हुने योजनाहरुलाई प्राथमिकता दिने समेत बताए ।

लामो समयसम्म अलपत्र भएका तथा रुग्ण भएकाले हुन लागेका योजनाहरुको पहिचान गरि समस्या समाधान तर्फ जोड दिँदै आएको उल्लेख गर्दै मन्त्री दाहालले धेरै आयोजनाहरु थप्नुभन्दा थालिएका र अलपत्र भएका योजनाहरु पूरा गर्न जरुरी भएको पनि बताए ।

त्यस क्रममा मन्त्री दहालले सुके निन्दा खोलामा निर्माण अवरुद्ध भएको पुलकों निर्माण प्रक्रिया अघी बढ़ाउन सड़क डीभीजन कार्यालय दमकका प्रमुख श्याम कुमार यादवलाई निर्देशन दिए । मन्त्रीको अनुगमनका क्रममा मेचीनगर नगरपालिका प्रमुख गोपाल बुढ़ाथोकी, उपप्रमुख मीना उप्रेती लगायत जन प्रतिनिधिहरुले राधा स्वामी–सांगली टार सड़क निर्माणका लागि माग गरे । मन्त्री दहालले सो सड़कका लागि आवश्यक श्रोत व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए ।

Health Tips Ad Road Block