skip this News Page Tips Ad Road Block

अछामीहरूको पहिचान झल्काउने परिकार भक्सीमा रमाउँदै प्रचण्ड, के हो भक्सी ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अध्यक्ष प्रचण्डसहितको टिमले अछामी विशेष परिकार भक्सीको स्वाद चाखेको छ । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टिमले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेको छ।

खाजामा विशेषगरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको मसला परोसीएको थियो। भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ। तयार पारिएको मिश्रण केराको पातमा बेरेर भौरोमा स्टीम (बाफ) गरिन्छ। यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरि स्टीम गरिएको अर्को लोकप्रिय परिकार हो।

स्थानीय संस्कृतिको सम्मानस्वरूप, अभियान टोलीले केराको पातमा परोसीएको भक्सी र डल्ला मास स्वादले भरिपूर्ण परिकार खाजा रूपमा ग्रहण गरेको हो।

Health Tips Ad Road Block