Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

यामाहाद्वारा काठमाडौं उपत्यकाभरि उत्साहजनक एक्सचेन्ज अफरको घोषणा

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । यामाहा नेपालले काठमाडौं उपत्यकाका दुईपांग्रे सवारी साधन पारखीका लागि नयाँ र रोमाञ्चक एक्सचेन्ज अफर ल्याएको छ । यो अफर २०८२ बैशाख १४ गतेदेखि १९ गतेसम्म उपत्यकाभरिका सबै आधिकारिक शोरूमहरूमा लागु हुने जनाएको छ। यामाहा ब्लु फेस्टको  सफलतापछि कम्पनीले फेरि एकपटक ग्राहकहरूलाई एक्सचेन्ज र उत्सवको अवसर प्रदान गरेको स्पष्ट पारेको छ ।

यो सीमित अवधिको अफरमा ग्राहकहरूले जुनसुकै ब्राण्डको पुरानो सवारी साधनमा न्यूनतम रु. २५,००० को भ्यालुएसन (कर चुक्ताको प्रमाणपत्र अनिवार्य), एक्सचेन्ज भ्यालु अझ बढाउन थप रु. १०,००० को अतिरिक्त भ्यालुएसन, धरौटी बिना नै सजिलो फाइनान्सिङ सुविधा, यामाहा लिन अहिलेसम्मकै सहज बनाउन केवल ७.९९५ व्याजदरमा सस्तो किस्ताबन्दी सुविधा, ‘थ्रील अफ ३’ अफर अन्तर्गत रु. १ लाखसम्मको स्योर शट छुट, पहारमा हेल्मेट, लेग गार्ड, फुट म्याट, स्पोर्ट्स ब्याग र बाइक कभर जस्ता निःशुल्क एसेसरिजहरू उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यामाहाका भर्साटायल र डाइनामिक मोडलहरूले हरेक प्रकारका चालकहरूको लागि उपयुक्त रोजाइ सुनिश्चित गर्ने दाबी कम्पनीको छ । हाइ-माइलेज र स्मार्ट पर्फर्मेन्सका लागि डिजाइन गरिएको रेचढआर १२५ एफ आइ हाइब्रिडदेखि रेसिङ पारखीहरूबीच लोकप्रिय बनेको स्पोर्टी र आक्रामक आर१५ सम्म, यामाहाको मोडलहरू फरक-फरक आवश्यकता अनुसार उपलब्ध रहेको कम्पनीले स्पष्ट पारेको छ । बलियो स्ट्रीट फाइटर लुक्स चाहनेहरूका लागि शक्तिशाली एमटी१५ भि२ उपयुक्त विकल्प हुन सक्ने १५५ सिसी इन्जिन र लिक्विड कुलिङ प्रविधिसहितको एरोक्स १५५ले नयाँ खालको स्पोर्टी स्कूटरको अनुभव दिने कम्पनीकाे भनाइ छ । अफरोड साहसिक यात्राका लागि अत्यन्तै कडा र भरपर्दो बनावटको डब्लुआर १५५आर एवं दैनिक सवारीमा स्टाइल, पर्फर्मेन्स र लक्जरीको उत्कृष्ट संयोजन चाहनेहरूका लागि एफजेडएस भि३ उपयुक्त विकल्प भएको कम्पनी बताउँछ । जसमा यामाहाको विश्वासिलो ब्लु कोर प्रविधि र मस्कुलर स्ट्रीट डिजाइन समावेश गरिएको कम्पनीले जनाएको छ ।

Health Tips Ad Road Block