Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवः कामु गभर्नरले भनिन्– आन्तरिक अर्थतन्त्र लयमा फर्कँदै गर्दा चुनौती कायमै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंककी कामु गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले आन्तरिक अर्थतन्त्र लयमा फर्कदै गर्दा चुनौती कायमै रहेको बताएकी छिन् । नेपाल राष्ट्र बैंकको ७० औं वार्षिकोत्सवका अवसरमा कामु गभर्नर ढुंगानाले अर्थतन्त्र विस्तारै लयमा आउन थालेको बताइन् । मुद्रास्फीति लक्षित सीमाभित्रै रहेको, आयात तथा निर्यात व्यापारमा सुधार भएको एवम् बैंकिङ क्षेत्रबाट प्रवाहित कर्जा विस्तारले समेत गति लिन थालेको बताइन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको आर्थिक वृद्धिको तथ्याँकले समेत यसको पुष्टि गरेको, पछिल्लो समय भएका कानूनी सुधारले लगानीको वातावरण सहज बनाए‌को उनले बताइन् । यसले समग्र आर्थिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा रहेको ढुंगानाको भनाइ छ ।

नेपालको बाह्य क्षेत्र सबल हुँदै गएको, विगत दुई वर्षदेखि घट्‌दै गए‌को वस्तु निर्यात र आयात चालु आर्थिक वर्षको कार्तिकदेखि बढ्न थालेको उल्लेख गर्दै विप्रेषण आप्रवाह र पर्यटन आयमा वृद्धि भए‌का कारण देशको शोधनान्तर बचतमा रहन गई विदेशी विनिमय सञ्चिती बढेको उनले बताइन् । वित्तीय पहुँच र डिजिटल अर्थतत्वको विस्तारमा पछिल्लो समय उल्लेख्य प्रगति भए‌को, देशका ७५३ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको, उल्लेख्यरूपमा भएको शाखा विस्तारका कारण वित्तीय पहुँचमा वृद्धि हुन पुगेको लगायत उनले उल्लेख गरिन् ।

आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भएको उनको भनाइ छ । उच्च तरलता एवम् न्यून ब्याजदरका बाबजुत निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पूँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सन्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू कायमै रहेको ढुंगानाले बताइन् ।

पछिल्लो समय विश्व अर्थतन्त्रमा विभिन्न नयाँ आयामहरू देखा परेको, रुस युक्रेन युद्ध, मध्यपूर्वमा जारी द्धन्द, अमेरिकाले विभिन्न मुलुकहरुका लागि घोषणा गरेको नयाँ भन्सारदर लगायतका कारण विश्व अर्थतन्त्रमा अनिश्चितता बढेको भन्दै उनले बाह्य कारणले गर्दा मुद्रास्फीति, वैदेशिक सहायता एवम् बाह्य क्षेत्र व्यवस्थापनमा चुनौती थपिने देखिए‌को सम्भावना औंल्याएकी छन् ।




Health Tips Ad Road Block