ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

रेकर्ड बनाएर तोलाको २ लाख रुपैयाँ नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज वैशाख ९ गते मंगलबार सुनको मूल्य तोलामा २ लाख रुपैयाँ नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मूल्य तोलामा ६९०० सय रुपैयाँले बढेर प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको छ। यो नेपाली बजारको हालसम्मकै उच्च मूल्य हो ।

सोमबार भने १ लाख ९१ हजार रुपैयाँमा सुनको मूल्यले रेकर्ड बनाएको थियो ।

चाँदीको मूल्य सामान्य बढेर १९७० रुपैयाँमा पुगेको छ ।

Health Tips Ad Road Block