काठमाडौं । बजारमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेको छ । आज रातिदेखि लागु हुनेगरी तीनै इन्धनको मूल्य आयल निगमले घटाएको हो ।
निगम सञ्चालक समितिको निर्णय बमोजिम १६ अप्रिल, २०२५ (मिति २०८२–०१–०३) को बिहान १ बजेदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाले घटाइएको निगमले जनाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आज १५ अप्रिल, २०२५ (वैशाख ०२, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएको आयल निगमले जनाएको छ।























