काठमाडौं । चैत १५ गते राजावादी आन्दोलनको कमाण्डर बनेर अराजकता मच्चाएर तीनकुनेबाट भागेका विवादित व्यवसायी दुर्गा प्रसाईँ भारतबाट पक्राउ परेका छन् । उनी आसामबाट पक्राउ परेका हुन् ।
उनले भीडलाई उक्साउँदै विमानस्थल र संसद कब्जा गर्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि उनी फरार भएका थिए । प्रसाईँले प्रहरीमाथि नै गाडी चलाएका थिए ।
त्यो सँगै निजी घरमा तोडफोड, आगजनीm भाटभटेनीमा लुटपाट, जडिबुटीमा आगलागी लगायतका घटना भएका थिए । आन्दोलनको कमान्डर बनेका उनी भिड आफ्नो नियन्त्रणभन्दा बाहिर गएपछि अर्काे गाडी चढेर भागेका र सम्पर्कविहीन भएका थिए । त्यसपछि सामाजिक सञ्जालमा नेपालमै छु भन्दै प्रसाईँले भिडियो पोष्टहरु राख्दै आएका थिए ।





















