काठमाडौं । नयाँवर्ष २०८२ को उल्लासमय अवसरलाई ध्यानमा राख्दै सिजी इलेक्ट्रोनिक्सले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ। चैत २१ गतेदेखि नै लागु हुनेगरी योजना घोषणा गरिएको हो । ‘नयाँवर्षको ठूलो हर्ष’ योजनाअन्तर्गत, क्रॉम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले क्यु आर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत बम्पर लक्की ड्रमा Midea 482 लिटरको एसबीएस रेफ्रिजिरेटर, मासिक लक्की ड्रमा Midea 10 Kg वाशिङ मेशिन रहेको छ ।
क्रॉम्प्टनको ८५ वर्षको इतिहासमा नवप्रवर्तन र उच्च गुणस्तरको उपकरणहरूको उत्पादनले ग्राहकहरूलाई सन्तुष्ट राख्दै आएको दाबी कम्पनीको छ।
नेपालमा सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीले क्रॉम्प्टनको भरोसा अझै मजबूत बनाएको कम्पनीले बताएको छ । सीजी इलेक्ट्रोनिक्स सीजी क्रप ग्लोबलको एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन प्रतिबद्ध पनि रहेको जनाएको छ।
सीमित समयका लागि उपलब्ध क्रॉम्प्टनको यो योजनाबाट लाभ उठाउन ग्राहकहरूलाई नजिकको डिलर वा अधिकृत बिक्रेतासँग सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।





















