काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र क्रेस्ट माइक्रो लाइफइन्स्योरेन्स लिमिटेड(क्रेष्ट) बीचप्रति शेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ कायम भएको ७५,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारण समक्ष एनआइएमवि एस क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण शेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्ता शेयरधनीहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरु समेत) मा वितरण गरिएको २२,५०,००० कित्ता (३०%) र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ५२,५०,००० कित्ता (७०% ) शेयर समेत गरी जम्मा ७५,००,००० कित्ता (१००% ) साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचिकरण गरेको जनाएको छ ।
धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो कारोबार दिनबाट कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार शुरु हुनेछ । कम्पनीको प्रधान कार्यालय विरेन्द्रनगर ६, सुर्खेतमा रहेको र सूचीकरण पश्चात् दिनुपर्ने आरटीएस् सेवा हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेड, नयाँ बानेश्वर, काठमाडौंबाट हुने बताइएको छ ।





















