काठमाडौं । सुनको मूल्यले आज(चैत १९ गते मंगलबार)पनि नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ ।
तोलाको १ लाख ७९ हजार ७०० रुपैयाँमा पुगेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । हिजो १ लाख ७७ हजार ९०० रुपैयाँमा सुनको किनबेच भएको थियो । यो पनि नयाँ रेकर्ड नै थियो ।
आज चाँदी प्रतितोला २०३५ रुपैयाँमा स्थिर रहेको छ ।





















