skip this News Page Tips Ad Road Block

तपाईँको शेयर छ ? १ बराबर १ अनुपातमा दोर्दीको हकप्रदमा आजदेखि आवेदन गर्न पाइने !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले आज (चैत १९ गते)देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात् १ बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा आगामी २०८२ साल बैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्दैछ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा, रुपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हकप्रद निष्काशन तथा बाँडफाँडपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।

Health Tips Ad Road Block