skip this News Page Tips Ad Road Block

पूर्वाञ्चल विश्वविद्यालय र प्रडु विश्वविद्यालयबीच महत्वपूर्ण सम्झौता, विद्यार्थी आदानप्रदान, अनुसन्धान, आविष्कार लगायतमा सहकार्य गरिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय गोठागाउँ, मोरङ र प्रडु युनिभर्सिटी नर्थवेष्ट, भारत, युएसएका बीचमा फ्याकल्टी रिसर्चर र विद्यार्थीहरु एक्स्चेञ्ज गर्नेसहित विविध सहमती भएको छ । दुई विश्वविद्यालयबीच अनुसन्धान, आविष्कार, सिकाइ र शिक्षण विधिहरुको बारेमा सहकार्य गर्ने, प्राविधिक सहायताको बारेमा कार्य गर्ने, प्रशासनिक सहयोग गर्ने, अंग्रेजी भाषा सिकाइको प्रवर्द्धन गर्ने साथै विश्वविद्यालयको आवश्यकताअनुसार अन्य अनुसन्धानमुखी कार्यहरु गर्ने सम्बन्धमा समझदारी भएको हो । आज भएको समझदारीपत्रमा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.बिजु कुमार थपलिया र प्रडु युनिभर्सिटी नर्थवेष्टका इन्टरनेशनल प्रोग्राम एण्ड पार्टर्नसिप डाइरेक्टर डा.रमेश न्यौपानेले हस्ताक्षर गरी कार्यान्वयन लैजाने प्रतिबद्वता व्यक्त गरेका छन् ।

सो अवसरमा प्रडु युनिभर्सिटीका डाइरेक्टर डा. न्यौपानेले यो सहकार्य गर्ने समझदारीपत्रमा उल्लिखित कुराहरु लागू गर्ने प्रतिवद्वता जनाए । न्यौपानेले आगामी कार्यक्रमहरुमा ३ वर्ष नेपालमा र २ वर्ष युएसमा अध्ययन गरेर ५ वर्षमा युसको ब्याचलर र माष्टरको डीग्री दिन सकिने, १ वर्ष नेपालमा र १ वर्ष युएसमा अध्ययन गरि २ वर्षे माष्टर कोर्ष गरेर युसको डिग्री प्राप्त गर्न सकिने गरी थप कार्यहरु हुन सक्ने पनि बताए । यसका लागि दुवै विश्वविद्यालयका पाठ्यक्रमहरु अध्ययन गरी क्रेडिट आवर्स ट्रान्सफरसम्बन्धी आवश्यक व्यवस्था मिलाइने पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. थपलियाले जानकारी दिए ।

समझदारीपत्रले युएसका विद्यार्थीहरु, कर्मचारीहरुले समेत नेपाल आएर छोटो अवधिको अध्ययन, तालिम, रिसर्च आदिबारे शिक्षा लिन र नेपाली विद्यार्थीहरु युएस गएर सो अनुरुप शिक्षा लिन सक्ने बाटो खुलेको छ ।

हिलसाइड कलेज अफ इन्जिनियरिङका प्रबन्ध संचालक गोपीकृष्ण न्यौपानेले दुई विश्वविद्यालयलाई जोड्न सहजीकरण गरेका थिए ।

Health Tips Ad Road Block