skip this News Page Tips Ad Road Block

हवाई इन्धनको मूल्य लिटरमा ७ रुपैयाँले घट्यो, अरु कुनको कति घट्यो ?

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको आन्तरिकतर्फ मूल्य लिटरमा ७ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पाेरेशनले पठाएको नयाँ मूल्यसूचिअनुसार हवाई इन्धनको मूल्य घटाइएको हो ।

यसैगरी निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँले घटाएको छ ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर ५१ ले घटाईएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ । साथै पेट्रोल र एलपि ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

नयाँ मूल्य आज राति १ बजेदेखि लागु हुनेछ ।

Health Tips Ad Road Block