काठमाडौं । सुनको मूल्यले आज आईबार चैत १७ गते नेपाली बजारमा पुनः नयाँ रेकर्ड बनाएको छ । शुक्रबार बनाएको मूल्यको रेकर्ड आज तोडिएको हो ।
मूल्य तोलामा ६ सय रुपैयाँले बढेर आज रेकर्ड कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुन प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँमा रहेको छ । शुक्रबार १ लाख ७६ हजार २ सय रुपैयाँमा सुनको मूल्य नयाँ उचाईको विन्दुमा थियो ।
आज चाँदी प्रतितोला २०२५ रुपैयाँमा रहेको महासंघले जनाएको छ ।





















