skip this News Page Tips Ad Road Block

चैत २५ देखि ऋणपत्र निष्काशन गर्दै एनआईसी एशिया बैंक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौ. । एनआईसी एशिया बैंक लिमिटेडले चैत २५ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिवेञ्चर २०९१’ निष्काशन गर्न लागेको हो ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । त्यसमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिने र बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ । सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकले निष्काशन गर्ने सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यो ऋणपत्रको निष्काशन बन्द छिटोमा चैत २८ गते र ढिलोमा २०८२ बैशाख ८ गते हुनेछ ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।

Health Tips Ad Road Block