skip this News Page Tips Ad Road Block

काठमाडौंको बुढानिलकण्ठमा २ अर्ब ९६ लाख रुपैयाँभन्दा बढीको जुवाखाल, ११ भारतीय नागरिक पक्राउ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मंगलबार चैत १२ गते साँझ सवा पाँच बजे नेपाल प्रहरीलाई एक सूचना आयो । काठमाडौं जिल्ला, बुढानीलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरुले अनलाइन जुवा (सट्टाबाजी) खेल्ने खेलाउने कार्य गरिरहेका छन् ।

त्यसपछि जिल्ला प्रहरी परिसर, काठमाडौं सहितको प्रहरीको एक टोली त्यहाँ खटियो । सूचनाका आधारमा प्रहरीले त्यस स्थानलाई नियन्त्रणमा लियो ।

प्रहरीले नियन्त्रणमा लिएको स्थानको प्रारम्भिक अनुसन्धान गर्दा २ अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार हुनेगरी अनलाईन जुवा (सट्टेबाजी) खेल्ने खेलाउने कार्य गरेको खुल्न आयो । त्यस्तै ९६ लाख ३३ हजारभन्दा बढी रकम बराबरको अभौतिक मुद्राको कारोबार समेत गरेको देखिन आयो ।

प्रहरीको अनुसन्धानबाट २ अर्ब ९६ लाख रुपैयाँभन्दा बढी रकमको अनलाइन जुवा (सट्टाबाजी) खेल्ने खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने ११ जना भारतीय नागरिकहरु पक्राउ परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्र.उ. अपील राज बोहराले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरुमाः

१. देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष २४ को सनी मिणा,

२. देश भारत, राजस्थान प्रदेश आलुवा जिल्ला घर भई हाल का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष २५ को मोहित बर्मा,

३. देश भारत, राजस्थान प्रदेश शिक्कर जिल्ला घर भई हाल का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष २६ को पिउस भारद्वाज,

४. देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष २५ को हरकेश डडैया,

५. देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष २२ को निशांत भारद्वाज,

६.देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष २३ को आकाश बर्मा,

७.देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष १९ को अंकित कुमार सैनी,

८.देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष २३ को सन्जु शाकला,

९.देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष २८ को रामसिंह जाठ,

१०.देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष १९ को लोकेश कुमार,

११.देश भारत, राजस्थान प्रदेश जयपुर जिल्ला घर भई हाल का.जि. बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ देउला टोल बस्ने वर्ष १९ को विकाश कुमार।

प्रहरीका अनुसार बरामद भएको विवरणः

१. विभिन्न कम्पनीको मोवाईल फोन थान–३४

२. विभिन्न कम्पनीको ल्यापटप थान–५

३. हिसाबकिताबको अभिलेख राखिएको नोट बुक (कापी) थान–४

४. भारतीय बैंक खाताको चेक बुक थान–१४

५. भारतीय एटीएम कार्ड थान–२७

६. भारतीय सिमकार्ड–४०

Health Tips Ad Road Block