काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धीले एक विशेष फाइनान्सिङ अफरका साथ ईभी खरिदलाई थप पहुँचयोग्य बनाउने भएको छ । ईभीको माग बढेसँगै नामीले ग्राहकहरूलाई थप सुविधा र सहज सवारीसाधन खरिद अनुभव प्रदान गर्नका लागि फाइनान्सिङको सजिलो विकल्प प्रदान गरेको हो ।
यो पेमेन्ट स्कीमबाट ग्राहकहरूले अब मात्र २० प्रतिशत डाउनपेमेन्ट गरि डोङफेङ नामीका ईभीहरू किन्न सक्नेछन् । नामी ईभी मोडेलहरूको लागि डाउनपेमेन्ट मूल्य ५.९९ लाख रुपैयाँ तय गरिएको छ । यसले ग्राहकहरूलाई कुनै पनि क्यापिटल अप फ्रन्ट बिना पूर्णरूपमा प्रिमियम गुणस्तरको ईभी खरिद गर्न सहज बनाउनेछ जसले गर्दा अब यो ईभी ठूलो सङ्ख्याका ग्राहकहरूले सजिलै किन्न सक्ने गरि उपलब्ध हुने कम्पनीले जनाएको छ।
सरल र सजिलो खरिद प्रक्रिया पूरा गर्न नामीले ८० प्रतिशतसम्म फाइनान्सिङ गर्दछ जसले गर्दा ग्राहकहरूले विश्वसनीय फाइनान्सियल पार्टनरहरूमार्फत आफ्नो गाडीको लागतको ठूलो हिस्सा फाइनान्सिङ गर्न सक्नेछन् । यसले ग्राहकहरूलाई समयसँगै आफ्ना पेमेन्टहरू फैलाउन मद्दत गर्ने कम्पनीको भनाइ छ । ४८ घण्टामा लोन अप्रुभल गरिने र यसले गर्दा खरिद अनुभव अझ आनन्द र सजिलो हुने कम्पनीको भनाइ रहेको छ ।





















