Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुनःसुयोग श्रेष्ठ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनःअध्यक्षमा सर्वसम्मतीबाट निर्वाचित भएका छन् । बिहीबार पोखरामा आयोजना गरिएको एशोसिएसनको १९औं वार्षिक साधारण सभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

एशोसिएसनको उपाध्यक्षमा कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, सचिवमा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र कोषाध्यक्षमा ज्योति विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल निर्वाचित भएका छन् ।

एशोसिएसनको सदस्यहरुमा लुम्बिनी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी प्रकाश पौडेल, महालक्ष्मी विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल, ग्रिन डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेण्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल चयन भएका छन् ।

एशोसिएसनको १९ औं वार्षिक साधारण सभाले आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, अध्यक्षको प्रतिवेदन, आ.व. २०८१/८२को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

पुनःनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफूलाई अध्यक्ष पदमा निर्वाचित गरेकोमा धन्यवाद ज्ञापन गर्दै सबै सदस्य बैंकहरुको सहयोगबाट विकास बैंकहरुको हक र हितका लागि कार्य गर्ने प्रतिबद्धता जनाएका छन् । एशोसिएसनलाई आजका दिनसम्म आउनको लागि सदस्य विकास बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुले पुर्याएको भूमिकालाई सम्मान ब्यक्त गर्दै उनले भोलिका दिनमा पनि नीतिगत कार्य एवं सल्लाह सुझाव दिनको लागि अनुरोध गरेका छन् ।

Health Tips Ad Road Block