Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालमा भोल्भो इसी २२० एक्स्काभेटर लन्चः अब अझ बढी शक्तिशाली, भरपर्दो र इन्धन किफायती

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा एउटा पुरानो नाम पन्चकन्या ग्रुप विश्वासीलो र भरपर्दो व्यवसायिक समूहको रुपमा स्थापित भएको एक अब्बल व्यापारिक कम्पनी हो । यस कम्पनीले आफूले वितरण गरिने सेवा तथा वस्तुहरुमा नविनतम उच्च प्रविधिको उपकरण प्रयोग गरी ग्राहकहरुलाई सेवा गर्दै आएकोमा यस ग्रुपले आफनो प्रधान कार्यालय ललितपुर महानगरपालिका वडा नं ३ कृष्णगल्लीको परिसरमा आयोजित एक कार्यक्रमबीच यस ग्रुपकै लगानी रहेको एक्सप्लोर अर्थ मुभर्स प्रालिले विभिन्न मेसिनहरु बजारमा विगत लामो समयदेखि बिक्री वितरण गदै आईरहेकोमा हालसालै भोल्भो कन्स्टक्र्सन इक्युपमेन्ट अन्तर्गतको नेपालको निर्माण तथा खानी उद्योगलाई अझ उन्नत बनाउने उद्देश्यसहित आफ्नो प्रख्यात भोल्भो इसी २२० एक्स्काभेटर नेपाली बजारमा लन्च गरेको छ । आधुनिक प्रविधि, इन्धन दक्षता र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण तथा खानी क्षेत्रमा अत्यावश्यक बनाएको कम्पनीको भनाइ छ ।

यस कम्पनी एक्सप्लोर अर्थ मुभर्स प्रा.लि अन्र्तगत बिक्री वितरण हुुने भोल्भो इसी २२० मेसिन शक्तिशाली इन्जिन क्षमताको हुने हुँदा जटिल निर्माण कार्यक्षेत्र जस्तै खानी, हाइड्रो सेक्टर, सडक निर्माण तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिने गरी निर्माण भएको कम्पनीले जनाएको छ । बजारमा उपलब्ध गराईएको यस इन्जिनले ईन्धनको बचत गर्दै वातावरणमैत्री साधनको रुपमा उच्च प्रदर्शन दिने गरी यूरो स्टेज आयआइआइए मापदण्ड अनुसारको रहेकाले वातावरणमा हुने प्रदूषण कम गराउन मद्दत गर्ने दाबीसमेत कम्पनीले गरेको छ । यस मोडल बजारमा पाईने अन्य सोही प्रकृतीको मेसिनहरु भन्दा १०% बढी उत्खनन क्षमतासहितको, तीव्र हाइड्रोलिक जडित मेसिन हो । यस मेसिनको प्रयोगबाट निर्माण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकता दिने भएकाले ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ । यस मेसिनको मुख्य केही विशेषताहरुमा सन्चालन खर्च घटाई मर्मत खर्चसमेत कम लाग्ने तथा लामो समयसम्म भरपर्दो सेवा दिने हुनाले यस मेसिनमा ग्र्राहकहरुको आकर्षण रहने कम्पनी विश्वास रहेको छ ।

नेपालमा निर्माण क्षेत्र, हाइड्रो सेक्टर र खानी क्षेत्रमा हुने गतिविधि तथा क्रियाकलापहरु निरन्तर वृद्धि भइरहेको सन्दर्भमा भोल्भो इसी २२० एक भरपर्दो र उपयुक्त विकल्पको रूपमा आएको छ । साथै नेपाल भौगोलिक बनावटले गर्दा उच्च उचाइमा हुने विकटता कठिनाईका कारणले निर्माण कार्य बढी कष्टकर भईरहेकोमा यस मेसिनको प्रयोगले प्रभावकारिता वृद्धि गराई भरपर्दो कार्यसम्पादन दिन सक्षम भएको जनाईएको छ । यस मेसिनमा प्रयोग भएको नवीन प्रविधि, उच्च शक्ति जडित क्षमतको ईन्जिन र अन्य विशेषताहरुले नेपाली ग्राहकलाई उच्च उत्पादकत्वसहित न्यून सञ्चालन खर्च कम गराउने हुनाले यसको ब्रिक्री वितरणले सरोकार कर्ताहरुलाई फाइदा पु¥याउने विश्वास कम्पनीले लिएको छ ।

भोल्भो इसीका अधिकृत वितरक तथा बिक्रेतामार्फत इसी २२० मेसिनको खरिद, सेवा तथा स्पेयर पाट्र्स उपलब्ध रहेको कम्पनीले जनाएको छ । विशेष अफर तथा वित्तीय योजनाहरूका लागि पनि सम्पर्क गर्न सकिने कम्पनीको भनाइ छ ।

Health Tips Ad Road Block