Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा भरतराज आचार्य मनोनित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा भरतराज आचार्य मनोनित भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार आचार्यलाई कोषाध्यक्षमा मनोनयन गरेका हुन् ।

आचार्यले महासंघको उद्योग समिति सभापति तथा रोजगारदाता परिषद्को सहसभापति तथा स्थायी समिति सदस्य भई कार्य सम्पादन गरिसकेका छन् ।

एक दशक बढि समयदेखि महासंघमा योगदान दिएका आचार्य विभिन्न उत्पादनमुलक तथा प्रविधिजन्य औद्योगिक प्रतिष्ठानमा आवद्ध छन् ।

यसअघि महासंघको कोषाध्यक्षमा निरक केसी थिए । उनको १८ महिने कार्यकाल सकिएपछि महासंघमा कोषाध्यक्ष पद उक्त रिक्त थियो । आचार्यले अब महासंघमा कोषाध्यक्षको बाँकी कार्यकाल सम्हाल्नेछन् ।

Health Tips Ad Road Block