काठमाडौं । आज सुनचाँदी दुवैको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा छ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला २००० रुपैयाँमा रहेको छ ।






















