काठमाडौं । ४८ देशहरूमा सञ्चालन भईरहेको ग्लोबल मोबिलिटी र अर्वान सर्भिस प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको छ । २०२४ मा लगातार तेस्रो वर्ष आफ्नो प्रभावशाली वृद्धिको गति कायम राखेको सेन्सर टावर फर्मले उल्लेख गरेको छ ।
इनड्राइभले ट्राभल र नेभिगेसन क्याटोगरीमा नेपालमा नम्बर १ स्थान प्राप्त गरेको छ, जसले बजारमा आफ्नो बलियो उपस्थिति र बढ्दो लोकप्रियतालाई सुदृढ बनाउँदै आएको देखिएको छ । यो नेपालमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप बनेको कम्पनीको भनाइ छ ।
इनड्राइभले ट्राभल र नेभिगेसन श्रेणीमा विश्वव्यापीरूपमा पाँचौं सबैभन्दा धेरै डाउनलोड गरिएको एपको रूपमा पनि स्थान पाएको छ ।
इनड्राइभ एप २०२४ को डिसेम्बर महिनामा मात्रै ६१ लाखभन्दा बढी पटक डाउनलोड गरिएको थियो । पियर–टु–पियर मूल्य निर्धारण मोडेलको साथ, इनड्राइभले विश्वका ८८८ शहरहरूमा उत्कृष्ट सवारीहरुको लागि उचित मूल्य प्रदान गर्दै आएको छ साथै चालकहरूको लागि उचित कमाईका अवसरहरू प्रदान गरेको छ ।
गतवर्ष, इनड्राइभले चालकहरूलाई मद्दत गर्नका लागि ऋण दिने कार्यलाई अझ बढी पहुँचयोग्य बनाउन मेक्सिको र कोलम्बियामाआफ्नो वित्तीय सेवा “इनड्राइभ.मनीू को परीक्षण सुरु गरेको थियो । इनड्राइभ.मनीसन् २०३० सम्ममा कम्तिमा १ अर्ब मानिसहरूको जीवन सुधार गर्ने इनड्राइभको व्यापक मिशनसँग मेल खान्छ, र यो सेवालाई यस वर्षको अन्त्यमा थप बजारहरूमा विस्तार गर्ने तयारी गरिएको छ ।
यसका साथै, इनड्राइभ सन् २०२४ मा यात्रा श्रेणीमा नेपाल, इजिप्ट, मोरक्को, पनामा र जमैकासहित ११ बजारहरूमा डाउनलोड संख्याको आधारमा अग्रणी राइड–हेलिङ एप भएको थियो । राइड–हेलिङ र वित्तीय सेवाहरूको अतिरिक्त, इनड्राइभले सिटी टू सिटी, फ्रेट, कुरियर, र डेलिभरी सेवाहरु प्रदान गर्दछ ।
इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टम्स्कीले भने, “विश्वभर दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एपको रूपमाआफ्नो स्थानकायम राख्नु इनड्राइभको लागि एक अविश्वसनीय उपलब्धि रहेको छ। यो एप सक्रिय हुनुको तात्पर्य भनेको यस एपमा काम गरिरहेका मेहनती व्यक्तिहरू–हाम्रो ग्लोबल टिम, हाम्रा प्रयोगकर्ताहरू हुन, यसका साथसाथै, यात्रुहरुलाई निष्पक्ष सेवाहरू प्रदान गर्ने र मानिसहरूको जीवन सुधार गर्ने हाम्रो लक्ष्य रहेको छ । इनड्राइभले उचित मूल्यमा मोबिलिटी सर्भिसेज सहज बनाउन र सेवाबाट वञ्चित समुदायहरूमा कार्यरतहरूको लागि अर्थपूर्ण कमाईका अवसरहरू सिर्जना गर्न अथक प्रयास गरिरहेको छ । यसका साथमा हाम्रा प्रयासहरू फेरि एक पटक प्रतिबिम्बित भएको देख्न पाउनु इनड्राइभको लागि सम्मानको विषय हो ।”






















