Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुरक्षाको हिसाबले काठमाडौंमा हाई अलर्ट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुरक्षाको हिसाबले काठमाडौंमा सुरक्षाकर्मीहरुलाई हाइ अलर्टमा राखिएको छ ।

पोखराको एक हप्ताको बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्किने कार्यक्रम आज दिउँसो रहेको र उनी फर्कँदा राजावादी दल एवम् विभिन्न समूहले प्रदर्शन गर्न लागेको अवस्थालाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीहरुलाई हाई अलर्टमा राखिएको हो ।

आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगयत संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । बर्दीसहितका र सादा पोशाकका प्रहरी चोक चोकमा परिचालन भएको सुरक्षा स्रोतले जनाएको छ ।

काठमाडौं प्रहरीका अनुसार नाराबाजी, जुलुस र भिडभाड हुने स्थितिलाई मध्यनजर गरी आवश्यक सुरक्षा रणनीति अपनाइएको छ । राजावादीहरुका अनुसार आज दिउँसो पूर्वराजा शाह त्रिभुवन विमानस्थल हुँदै काठमाडौं आउने कार्यक्रम छ । उनको स्वागतका लागि राजावादीहरु नारा जुलुससहित विमानस्थलको गेट अगाडि पुग्ने कार्यक्रम बनाएका छन् ।

Health Tips Ad Road Block