काठमाडौं । १०० रुपैयाँ अंकित मूल्यमा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्काशन अर्थात् एफपीओ निष्काशनमा आवेदन दिने आज अन्तिम दिन हो । आज बैंकिङ समय भित्रमा यस एफपिओमा आवेदन दिइसक्नुपर्नेछ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको एक करोड पन्चानब्बे लाख सतहत्तर हजार तीन सय रुपैयाँ बराबरको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरका १,९५,७७३ कित्ता साधारण शेयर एफपीओ सर्वसाधारणहरुका लागि निष्काशन गरेको हो ।
एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत एफपिओमा आवेदन दिन सक्नेछन्।
हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ ।






















