Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नागरिक लगानी कोषका सहभागीहरूलाई र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा विशेष छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ ।

सो छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा.रवि मल्लले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउनेछन् । छुटको लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Health Tips Ad Road Block