skip this News Page Tips Ad Road Block

पियोर इनर्जीले भोलिदेखि आईपीओ निष्काशन गर्दै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । पियोर इनर्जीले पहिलो चरणको आईपीओ फागुन २० गते (भोलि)देखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आईपीओ खुला गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयलाई आफ्नो जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल १ लाख ६० हजार कित्ता र वैदेशिक रोजगारमा रहेका नेपालीलाई जारी पुँजीको १८ प्रतिशतले हुन आउने १४ लाख ४० हजार कित्तामध्ये १० प्रतिशतले हुन आउने १ लाख ४४ हजार कित्ता शेयर जारी गर्नेछ।

आयोजना प्रभावितले यो आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १६ हजार कित्तासम्म खरिद आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत ५ गते हुनेछ भने ढिलोमा चैत २० गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने चैत ५ गतेभित्र आवेदन दिनु पर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। स्थानीयले आयोजना स्थल, नबिल बैंकका कोहलपुर र नेपालगञ्ज शाखा कार्यालय, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगञ्ज र वि पि चोक शाखा कार्यालय तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

 

 

Health Tips Ad Road Block