काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नयाँ सञ्चालक समिति निर्वाचित गर्दै राष्ट्रिय सभागृह प्रदर्शनी मार्ग, काठमाडौंमा बैंकको साधारण सभा सम्पन्न भएको हो।
बिहीबार सम्पन्न साधारणसभा पश्चात संस्थापक समूह तर्फबाट पृथ्वी बहादुर पाँडेसहित मदन कुमार आचार्य, दिपंकर शाक्य उदय र प्रजन्य राजभण्डारी निर्विरोध चयन भएका छन् ।
त्यसैगरी सर्वसाधारण शेयरधनी समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिवरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका छन् ।
पाँडे, आचार्य, राजभण्डारी र टिवरेवाला यसअघि पनि सञ्चालक समितिमा नै रहेका थिए । उदय र बेल्बासे नयाँ सञ्चालक चयन भएका हुन् ।






















