ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सुख्खा बन्दरगाहका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा छिट्टै दिइने, यस्तो छ दुई मन्त्रीको प्रतिबद्धता

Citizenlife ad 2082 falgun to baishak 2083

वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले वीरगञ्जस्थित सुख्खा बन्दरगाह विस्तारका लागि सरकारले अधिग्रहण गरेको जग्गाको मुआब्जा अझै वितरण हुन नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।

वीरगञ्ज–२५ मा अवस्थित सुख्खा बन्दरगाहको निरीक्षण भ्रमण तथा जनताको गुनासो बुझ्न अतिक्रमित गाउँ पुगेका मन्त्री गुप्ताले जग्गाधनीहरूले लामो समयसम्म पनि मुआब्जा पाउन नसक्नु चिन्ताको विषय भएको बताएका हुन् । अतिक्रमित गाउँ पुगेका मन्त्री गुप्तालाई त्यहाँका स्थानीयहरूले फूलमाला र खादाले भव्य स्वागत गर्दै सरकारका जिम्मेवार निकायहरूमा आफूहरूको गुनासो सुनाइदिन आग्र गरे।

मुआब्जा पीडित सङ्घर्ष समितिका विजय कुमार तिवारीले वर्षौँदेखि जग्गा अधिग्रहण गरेर सरकारले पीडितलाई मुआब्जा नदिँदा स्थानियबासी मर्कामा परेको सुनाए । यो समस्यालाई तत्काल सम्बोधनका लागि संसदमा समेत विषय उठान गरिदिन उनले मन्त्री गुप्तालाई आग्रह गरे ।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बाँकी रहेको मुआब्जासम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिँदै अब जग्गाधनीहरूले छिट्टै मुआब्जा पाउने विश्वास व्यक्त गरे। सरकारले सुख्खा बन्दरगाह विस्तारका लागि वीरगञ्ज–२५ को करिब ३०० घरधुरी भएको ६२ बिघा जग्गा सात वर्ष अगाडिदेखि रोक्का गरेर राखेको छ ।

कार्यक्रममा मुआब्जा पीडित सङ्घर्ष समितिका अशोक चौधरी, वडाध्यक्ष आशुतोष चतुर्वेदी, वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु छत्कुली, सञ्जय पटेल, भैयाराम प्रसाद, रामानन्द पटेल, शिव पटेललगायतको सहभागिता थियो ।

Health Tips Ad Road Block