Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आयोडिनयुक्त नूनको सही सदुपयोग गरेर मानव स्वास्थ्यमा समस्या र विकृति निम्तिन नदिन आग्रह

आयोडिनयुक्त नूनको आपूर्ति, उपलव्धता, भण्डारण, वितरण, उपभोग बिधि तथा उपभोग सम्बन्धमा घनिभुत छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आयोडिन मन्थ (फरवरी) २०२५ को अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चको आयोजनामा आयोडिनयुक्त नूनको सही उपभोग गर्नेबारे सचेतनामुलक अन्तक्रिया गरिएको छ । देशभर विभिन्न सचेतना कार्यक्रम सकेपछि काठमाडौंमा राष्ट्रिय उपभोक्ता मञ्चले सचेतना कार्यक्रम गरेको हो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, संघीय प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सभापति अब्दुल खान, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेल, खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बाल पोषण शाखाका प्रमुख लिलाविक्रम थापा, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारी, संचारकर्मी, उपभोक्ता अधिकारकर्मीलगायतको उपस्थितिमा आयोडिनयुक्त नूनको आपूर्ति, उपलव्धता, भण्डारण, वितरण, उपभोग बिधि तथा उपभोग सम्बन्धमा विस्तृत छलफल एवं फैलाउनुपर्ने सचेतनाबारे नागरिकतहसम्म पुग्ने विषयबारे गहन छलफल भएको हो ।

नेपाल सरकारले सन १९९८ देखि हरेक वर्षको फरवरी महिनाभर देशव्यापीरुपमा आयोडिनयुक्त नूनको सही उपभोग सम्बन्धमा नागरिकलाई सचेतना जगाउने उद्देस्यले विभिन्न कार्यक्रम गर्दै मनाउने गरेको छ । आम नेपाली जनताले अहिले पनि आयोडिनयुक्त नूनको सही उपभोगको जानकारी लिने, उपभोग बिधि नपनाउने र उपयोग नगर्नाले आयोडिनको अभावमा हुने मानव स्वास्थ्य समस्या रहंदै आएको छ । नेपाल सरकारले करोडौं लगानी गर्दै आएको आयोडिनयुक्त नूनको सम्बन्धमा केही स्वार्थपूर्ण काम गर्ने व्यवसायीहरु, स्वनामधारी एनजिओहरु र केही पैसाको लोभमा संलग्न भएका सहकारी संस्थाहरु विश्व स्वास्थ्य संगठनको मापदण्ड, गुणस्तर अनुरुपको अत्यन्त गुणीले आयोडिनयुक्त नूनको सम्बन्धमा गलत प्रचार गर्दै जनतामा भ्रम फैलाउने काम गर्दै आएको भन्दै मञ्चका अध्यक्ष महर्जनले केही जिल्लाहरुमा गरेको बिभिन्न कार्यक्रमहरुमा स्थानीय उपभोक्ताहरुले गरेको गुनासोबाट प्रष्ट हुन आएको बताएका छन् । ‘प्रत्येक नेपालीको जनस्वास्थ्यमा प्रत्यक्ष प्रभाव पर्ने यस्तो गलत प्रचारले केही स्वार्थतत्वलाइ अवश्य नै फाइदा पुग्ला तर अन्ततः नेपाली जनताको स्वास्थको लागि यो भन्दा ठूला षडयन्त्र हुन सक्दैन ।’ उनले भने ।

यही गलत भ्रम चिर्नको लागि मञ्चले सचेतना कार्यक्रम गरेको जनाएको छ ।

कार्यक्रममा पोषणविद् लिलाविक्रम थापाले आयोडिनयुक्त नूनको गुण, शारीरिक आवश्यकता र आयोडिनको कमीले हुने मानव स्वास्थ्य समस्या सम्बन्धमा विस्तृत विवरण प्रस्तुत गरेका थिए भने संसदीय सभापति खानले बजारमा चलेको हल्लाको भरमा लागेर आफ्नो स्वास्थ्य नबिगार्नको लागि सबैमा आग्रह गरे । अरु कुरामा सरकारको जति पनि बिरोध गर्ने ठाउं भएतापनि आयोडिनयुक्त नूनको आपूर्ति र वितरणको सवालमा सदैव प्रशंसनीय काम हुंदै आएको कुरा बताउँदै साल्ट ट्रेडिंङ कर्पोरेशनले वितरण गर्ने नून अत्यन्त गुणस्तरीय रहेको उनले बताए । तर दक्षिणका सीमावर्ती बजारहरुमा भारतबाट अबैध रुपमा आयात भएको अखाद्य नूनको उपभोगले स्थानीय नेपाली जनताको स्वास्थ्यमा ठूलो नकारात्मक असर पर्दै आएको र यसको लागि सरकारले विशेष निगरानी राख्नु पर्ने आवश्यकता उनले बताए ।

साल्ट ट्रेडिंङ कर्पोरेशनका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारी मानव स्थास्थ्य समस्या आउन नदिन र विकृति आउन नदिन आयोडिनयुक्त नूनको सही सदुपयोगमा सबैले ध्यान दिनुपर्ने बताए । उनले साल्ट ट्रेडिङले वितरण गरेको आयोडिनयुक्त नून सेवन गर्न सबैलाई आग्रह गरे । ढिके लगायत अन्य नूनमा आयोडिन नहुनेतर्फ सबै सचेत हुनुपर्ने भन्दै उनले यस्ता विषय सबै नागरिकलाई बुझाउन आम अधिकारकर्मी र जान्ने नागरिकहरु लाग्नुपर्ने बताए ।

उपस्थित नेपाल सरकारका विभागीय प्रमुखहरुले आफनो विभागको दायित्वभित्र पर्ने आयोडिनयुक्त नूनको वितरण कार्यलाई अझै गुणस्तरीयता, सहज आपूर्ति र वितरण प्रणालीमा सुक्ष्म ध्यान दिएको कुरा बताएका थिए ।

कार्यक्रममा मञ्चका महासचिव अधिवक्ता पुष्पराम पौड्याल, उपाध्यक्ष उर्मिला जोशीलगायतले आयोडिनयुक्त नूनको कमीका कारण हुने समस्याबारे उपस्थित सबैलाई जानकारी गराएका थिए ।

Health Tips Ad Road Block