skip this News Page Tips Ad Road Block

महाशिवरात्रीकाे अवसरमा भोलि चन्द्रागिरिको भालेश्वर मन्दिरमा महाआरती हुने, केबलकारको टिकटमा ५० प्रतिशत छुट

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । फागुन १४ गते बुधवार (भोलि) पर्न गएको महाशिवरात्री २०८१ को पावन अवसरमा चन्द्रागिरिको भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्री विशेष भक्तिमय उत्सव हुने भएको छ । यसको भव्य तयारी सुरु गरिउको छ ।

महाशिवरात्रीमा चन्द्रागिरीमा अवस्थित भालेश्वर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको हो ।

महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत संचालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ ।

चन्द्रागिरि हिल्स लिमिटेडले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ९ बजेसम्मको केबलकार टिकटमा ५०५ प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

Health Tips Ad Road Block