Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बलियो अर्थतन्त्रका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षा आवश्यक 

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बलियो अर्थतन्त्र स्थापनाका लागि दक्ष प्राविधिक र गुणस्तरीय शिक्षाको खाँचो रहेको बताएका छन् । दक्ष प्राविधिकहरु उत्पादन गर्न सके स्वदेशमा नै स्वरोजगारीको सिर्जना गरि आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनको भनाई छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद–सिटीईभीटीको ३७ औँ वार्षिक उत्सवलाई सोमबार भक्तपुरमा संवोधन गर्दै उनले शिपयुक्त शिक्षा र प्रविधिको हस्तान्तरण मार्फत दक्ष प्राविधिकहरु उत्पादन गर्नु पर्नेमा जोड दिए । उच्च शिक्षा हासिल गरेका युवाहरु समेत रोजगारीका लागि विदेश गई रहेको उल्लेख गर्दै उनले सैद्धान्तिक शिक्षासँगै व्यवसायिक र प्राविधिक शिक्षा प्रदान गर्न सके यो क्रममा न्यूनिकरण आउने समेत उल्लेख गरे ।

सिटीईभीटीले देशका विभिन्न ग्रामिण क्षेत्र सम्म पुगेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रदान गर्नु सह्रानिय रहेको उल्लेख गर्दै मन्त्री दाहालले तालिम र शिक्षा पाएको जनशक्तिलाई स्वदेशमानै आत्मनिर्भर र व्यवसायिक बनाउन तर्फ पनि ध्यान दिनु पर्ने बताए । कार्यक्रममा उनले परिषद्का विभिन्न शिक्षालयका विद्यार्थीहरुले प्रयोगात्मक शिपमार्फत निर्माण गरेका विभिन्न सामाग्री, उपकरणहरुका स्टलको अवलोकन समेत गरे ।

कार्यक्रममा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थी तथा अवकास प्राप्त कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो भने मन्त्री दाहालले परिषद्मार्फत प्रकाशित जर्नलको लोकार्पण पनि गरे । परिषद्का सदस्य सचिव महेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले परिषद्का लागि समयानुकुल कानून निर्माण गर्न मन्त्री एवम् सरकारको ध्यानाकर्षण गराएका थिए ।

Health Tips Ad Road Block