काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।
आइतबार १ लाख ७० हजार ३ सय रुपैयाँ तोलामा किनबेच भएको सुन आज १ लाख ७० हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।






















