Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

नेपालमा उपलब्ध भए आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङचआर जेडएम अटोद्वारा उत्पादित आर जेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान भित्रिएका छन् । नेसनल मोटर्स र राठी ट्रेडिङले संयुक्त रुपमा आर जेडएम ब्रान्डका यी सवारी साधन नेपाल भित्र्याएका हुन् ।

एक कार्यक्रमका बीच नेसनल मोटर्सका म्यानेजिङ डाइरेक्टर सञ्जय कुमार अग्रवाल, राठी ट्रेडिङका म्यानेजिङ डाइरेक्टर दिनेशकुमार राठी र शाङच आरजेडएम अटोका इन्टरनेसनल जनरल म्यानेजर केन सुनले सहकार्यको घोषणा गरे ।

सो अवसरमा आरजेएम अटो नेपालका सीईओ मनोज खतिवडाले आर जेडएम ब्रान्ड नेपाल भित्र्याउनुका कारण र यसका फिचरका बारेमा चर्चा गरेका थिए भने नेसनल मोटर्सका एक्जिक्युटिभ डाइरेक्टर मनोज बिक्रम शाहले नेसनल मोटर्स र एसएमएल इसुजुको इतिहास तथा हालको अवस्थाबारेमा नयाँ आर जेडएम ब्रान्ड थप गरिएको चर्चा गरे । सो अवसरमा नयाँ ग्राहकलाई गाडीको साँचो समेत हस्तान्तरण गरिएको थियो ।

00000000000000000000

ई फाइभ (ई ५) सिरिजको १५ सिटर ईभी भ्यानमा ५३.५८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा जस्तोसुकै सडकमा पनि औसतमा २५० किलोमिटरको रेन्ज दिने प्रमाणित भएको कम्पनकिो भनाइ छ । समतल सडकमा भने यसले ३०० किलोमिटर भन्दा बढी रेन्ज दिएको कम्पनीले जानकारी दिएको छ । डब्लुएलटीपी अनुसार यसको रेन्ज ३०० किलोमिटर छ । यसको ग्राउन्ड क्लियरेन्स २०० एमएम छ । यसको पिकपावर १०० किलोवाट र रेटेड पावर ५० किलोवाट छ भने ३०० एनएमको टर्क छ ।

त्यसैगरी १६ सिटर आर फाइभ (आर ५) मोडलमा अझै फराकिलो बडी सहितको संरचना छ । यसमा ७७.२८ किलोवाट आवरको सीएटीएलको थर्ड जेनेरेसन ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३६६ किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिने दाबी गरिएको छ । यसमा १२० किलोवाटको पिकपावर दिने मोटर भएकाले उकाली ओरालीमा सहजताका साथ जानेछ । यसको रेटेड पावर ६० किलोवाट छ भने टर्क ३५० एनएम छ ।

नयाँ प्रविधिअनुसार ६० किलोवाटको चार्जर प्रयोग गरी यी गाडीलाई ४५ मिनेटमै चार्ज गर्न सकिन्छ । पोखरादेखि काठमाडौं सम्म गरिएको परीक्षणमा यसले फुलचार्ज गर्दा ५१ प्रतिशत चार्ज बाँकी भएकै अवस्थामा पोखरा पुगेको कम्पनीले बताएको छ । १८० एमएमभन्दा धेरै ग्राउन्ड क्लियरेन्स सहितका विशेषता भएको यो ईभी भ्यान लक्जरियस समेत भएकाले लामो यात्राका लागि उपयोगी हुने कम्पनीको भनाइ छ ।

नेपाली सडकमा पहिले नै परीक्षण र सुधार गरेर उत्कृष्टता दिने प्रयास गरिएको कम्पनीको भनाइ छ । यी गाडीका सिट लेआउट र अन्य संरचना समेत नेपाली सडक सुहाउँदो बनाइएको पनि कम्पनीको दाबी छ ।

हाल जेड ४, आर ४, आर ५, आर ६ र के सिरिजमा विशेष गरी बिजनेस, टुरिजम, प्यासेन्जर ट्रान्सपोर्ट र स्पेसल भेइकल मार्केटका लागि उपयुक्त सवारी साधन कम्पनीले उत्पादन गरिरहेको छ ।

चीनको जियाङसुमा अवस्थित दुई प्लान्टमार्फत विश्वका २३ देशमा आर जेडएम ब्रान्डका सवारी साधन बिक्री–वितरण भइरहेका छन् । यसैगरी ५ देशमा एसेम्बली र सीकेडी प्लान्ट रहेको छ । शाङचआर जेडएम अटो सन् २०१६ माचीनको स्टक एक्सचेन्जमा सूचीकृत भएको शतप्रतिशत सरकारी स्वामित्वको कम्पनी हो । यसका कारण पनि कम्पनीको भविष्यमा कुनै शंका गर्नुपर्ने अवस्था नभएको कम्पनीको भनाइ छ ।

नेपाली बजारमा करिव ३८ वर्ष पहिले सन् १९८७ देखि तत्कालीन स्वराजमाज्दा ब्रान्डका सवारी साधनमार्फत अटोमोबाइल व्यवसायमा प्रवेश गरेको नेसनल मोटर्सले हाल एसएमएल इसुजुका कमर्सियल सवारी साधन र अन्य अटोमोबाइल सम्बद्ध सामग्री बिक्री–वितरण गरिरहेको छ । स्कुल, कर्पोरेट क्षेत्र र फ्लिट ग्रुपहरुमा हाल यो ग्रुपले हजारौँ सवारी साधन बिक्री गरिसकेको छ ।

हाल नेसनल मोटर्सका नेपालभर १२ भन्दा धेरै स्थानमा सर्भिस नेटवर्क उपलब्ध छ । अब आर जेडएमका लागि सर्भिस तालिम उपलब्ध गराउने र पाट्र्स ल्याउने कार्य समेत अगाडि बढेकोले ग्राहकहरुलाई बिक्री पछिको सेवा उपलब्ध गराउनका लागि कुनै समस्या नहुने दाबी गरिएको छ ।

ई ५ को मूल्य ५४ लाख २५ हजार रुपैयाँ तोकिएको छ भने आर ५ को मूल्य ७३ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

Health Tips Ad Road Block