Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

इजि मोबाइल केयरले संचालनमा ल्यायाे एप्पल सर्भिस सेन्टर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। इजि मोबाइल केयरले एप्पल सर्भिस सेन्टर संचालनमा ल्याएको छ। काठमाडौंको पाको, न्युरोडस्थित ताम्राकार कम्प्लेक्सको पाँचौ तल्लाको ५५ नम्बरमा एप्पलको सर्भिस सेन्टर संचालनमा आएको हो।

डेढ दशकदेखि मोबाइलसम्बन्धी सर्भिस सेन्टर संचालन गर्दै आएका इजि मोबाइल केयरका प्रबन्ध निर्देशक संजित पौडेलले एप्पल सर्भिस सेन्टर संचालनमा ल्याएका हुन्।

पौडेलले यसअघि वन प्लस, एमआई, रियल्मी, लेनोभो, मोटोरोला, माइक्रोम्याक्स, कार्बन, इन्टेक्स, हुवावे, जेटटीई, नथिङ लगायतका ब्रान्डहरुको आधिकारिक सर्भिस सेन्टरको सफलतापूर्वक संचालन गरिसकेका छन्।

संचालनमा आएको एप्पल सर्भिस सेन्टरमा एप्पलका जुनसुकै प्रडक्टहरु जस्तै आइफोन, आइप्याड, म्याकबुक, एयरबड, एप्पलवाच लगायतका प्रडक्टहरु सर्भिस गर्ने व्यवस्था मिलाइएको छ। जस अन्तर्गत प्रडक्टहरुको मर्मत पश्चात ग्यारेन्टीको सुनिश्चितता समेत गरिएको छ।

प्रबन्ध निर्देशक पौडेलले भने, “हामीसँग डेढ दशक लामो मोबाइल सर्भिस सम्बन्धी अनुभव छ, त्यही अनुभव उपयोग गरेर एप्पल सर्भिस सेन्टर सुरुवात गरेका हौं।”

सर्भिस सेन्टरले आफ्ना ग्राहकहरुलाई सहज र सजिलैसँग एप्पलका उत्पादनहरु मर्मतको सुनिश्चिता गरेको छ।

आगामी दिनमा एप्पल सर्भिस सेन्टरले ग्राहकहरुका लागि विभिन्न सेवाहरु समेत ल्याउने जनाएको छ।

Health Tips Ad Road Block