काठमाडौं । नेपालको पेन्टर कोटिंग्स उद्योगको अग्रणी नाम बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले गुणस्तर व्यवस्थापनको लागि आइएसओ ९००१ः२०१५ , वातावरणीय व्यवस्थापनको लागि आइएसओ १४००१ः२०१५ र समुदाय तथा कर्मचारीको स्वास्थ्य र कार्यस्थलको सुरक्षाको लागि आइएसओ ४५००१ः२०१८ प्रमाणपत्र प्राप्त गरेको छ।
TÜV NORD CERT GmbH द्वारा प्रमाणित यी प्रमाणपत्रहरूले उच्च गुणस्तरका उत्पादन, दिगो अभ्यास र ग्राहक सन्तुष्टि प्रदान गर्ने कम्पनीको प्रतिबद्धतालाई उजागर गर्ने बताइएको छ । यी प्रमाणपत्रहरूले डेकोरेटिभ पेन्टहरू, वाटर प्रूफिङ र कन्ट्रक्सन केमिकल र पुट्टीहरूको उत्पादन, भण्डारण, वितरण, बिक्री र आपूर्तिलाई समेट्दै अन्तर्राष्ट्रिय मापदण्डहरूप्रति कम्पनीको प्रतिबद्धतालाई सुदृढ गर्नेछ ।
बर्जर नेपालका कन्ट्री मेनेजरले भने, “हाम्रो गुणस्तर, दिगोपन र कार्यस्थलमा सुरक्षाप्रतिको प्रतिबद्धतालाई सुदृढ गर्ने यो उपलब्धिमा गर्व गर्दछौं। यी प्रमाणपत्रहरूले हामीले गर्ने व्यवसायका सबै क्षेत्रहरूमा उच्चतम मापदण्डहरू कायम राख्ने हाम्रा प्रयासहरूलाई प्रमाणित गर्दछन्।”
यी प्रमाणपत्रहरूसँगै बर्जर जेन्सन एण्ड निकोल्सन (नेपाल) प्रालिले गुणस्तर, वातावरणीय जिम्मेवारी र समुदाय तथा कर्मचारीहरूको सुरक्षामा उत्कृष्टताको लागि समर्पित विश्वसनीय र अग्रणी उद्योगकोरूपमा आफ्नो स्थितिलाई पुनः पुष्टि गर्न सफल भएको कम्पनीको भनाइ छ ।






















