काठमाडौं । ‘याद आएर हिजो’ गीत सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच भि–सेरिज युट्युब च्यानलमार्फत रिलिज गरिएको यो गीत प्रेम, विछोड, र सम्झनाको भावनालाई दर्शाउने एक मनछुने प्रस्तुति भएको कलाकारहरुको दाबी छ ।
हिमाल सागर र शान्ती श्री परियारको स्वर तथा श्रीकृष्ण बम मल्लको शब्द रहेको उक्त गीतमा विक्रम आचार्य, प्रेरणा आचार्य (मुन्नी), किरण केसी (राता मकै), शारदा गिरि (कालिबुढी) लगायत कलाकारको अभिनय रहेको छ ।
गीत सार्वजनिक कार्यक्रममा कलाकार, संगीतकर्मी तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै युट्युब च्यानलको ६ लाख सब्सक्राइबर पुगेको अवसरमा विशेष सेलिब्रेसन गरिएको थियो।
‘याद आएर हिजो’ भि सेरिज्को यूटुब च्यानलमा हेर्न सकिनेछ ।






















