ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथिको प्रहार गलतः कार्यकारी निर्देशक पौडेल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर ग्लोबल आईएमई बैंकमाथिको प्रहार गलत भएको धारणा राखेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमाथि गरिएको प्रहार गलत भएको भनाइ राखेका हुन् ।

कार्यकारी निर्देशक पौडेलले भनेका छन्, ‘पाथीभरा केवलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंक–ग्लोबल आईएमई बैंकमाथि गरिएको प्रहार ग़लत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृखल गतिविधिमा संलग्न नहुंदा राम्रो ।’

पछिल्लो समय पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर पक्ष र विपक्षमा विभिन्न तर्क वितर्क भइरहेका बेला पौडेलको यो भनाइ बाहिर आएको हो । राष्ट्र बैंकका अन्य अधिकारीहरुले पनि ग्लोबल आईएमई बैंक र आईएमई ग्रुपमाथि भएको प्रहार ठिक नभएको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिएका छन् ।

Health Tips Ad Road Block