Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

संस्कृति, प्रकृति र सम्पदाहरू नेपालका खुला संग्रहालय हुन्

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । संस्कृति, प्रकृति र सम्पदाहरू नेपालका खुला संग्रहालय हुन् । धेरैले भन्नेगरेको यस विषय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पनि सापटी लिँदै नेपालका विविध संस्कृति, प्रकृति र सम्पदाहरू खुला संग्राहलय भएको उद्घोष गरेका हुन्। प्रा.डा.सोमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हुनुमान ढोका स्मारिका नामक पुस्तकको विमोचन गर्दै उनले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘हामी जीवित सम्पदाहरूले धनी छौं। विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलयका रूपमा रहेका छन्।यसलाई चलायमान बनाउन आवश्यक छ।’

मन्त्री पाण्डेले सम्पदाहरू ठूलो पूँजीको रूपमा रहेको उल्लेख गर्दै जल, जंगल र जडिबुटी जस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता औंल्याए । उनले प्राकृतिक सम्पदाहरू जोगाउनका लागि प्राज्ञिक र एकेडेमीक रूपमा बहस र छलफल हुनुपर्नेमा जोड दिएका छन् । उनले सम्पदाको अध्ययन,अन्वेषण हुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिकरूपमा पुष्टि हुने गरि निष्कर्षमा पुग्नु पर्ने बताए ।

मन्त्री पाण्डेले हनुमानढोका दरबार क्षेत्रको मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेको भन्दै प्रशंसा समेत गरे ।

Health Tips Ad Road Block